तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक



काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ ।

मंगलबार भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताएका थिए ।

समितिकी सभापति तुलसाकुमारी दाहालले भनिन्, ‘दफावार छलफल गर्न बाँकी छ । विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ । विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।’

तिलगङ्गा प्रतिष्ठानका पदाधिकारीसँग भएको छलफलमा तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरूङलले तिलगङ्गा प्रतिष्ठानको ३० वर्षे इतिहासमा यहाँसम्मको यात्रा तय गर्नुमा व्यवस्थापनको हात रहेको बताइन्।

उनले भनिन्, ‘संस्था राम्ररी चल्न व्यवस्थापन समूहको ठूलो हात हुन्छ । व्यवस्थापकीय ढाँचा राम्रो बनाउन सकियो भने पक्कै पनि विश्वविद्यालय पनि राम्ररी सञ्चालन हुनेछ ।’

तिलगङ्गाका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले तिलगङ्गासँग जग्गा र स्रोत जुटाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीसँग ७० रोपनी जग्गा छ । बाँकी खोजीमा छौँ । दाताहरूले दिन्छौँ भनेर पक्का आश्वासन दिइसक्नुभएको छ । जग्गाले सरकारले तोकेको मापदण्ड हामी पूरा गर्न तयार छौँ ।’

उनका अनुसार विश्वविद्यालय सञ्चालनमा समस्या हुने छैन । खनालले भने, ‘१० वर्षको तथ्यांक हेर्ने हो भने संस्था सञ्चितिमै चलिरहेको छ । अहिले हामीसँग जति सञ्चिति बचत छ त्यो केही वर्षका लागि पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’