शैक्षिक परामर्श दाता निकायलाई शिक्षा मन्त्रालयले दियो यस्तो चेतावनी



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा सूचना जारी गरी जथाभावी सामग्री प्रकाशन नगर्न आग्रह गरेको हो ।

परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता व्यवस्था भए पनि त्यस्तो विवरण विनै भ्रामण सामग्री धेरै पाइएको मन्त्रालयले जनाएको छ । सूचनामा आचारसंहिता विपरीत सामग्री प्रकाशन गरेमा कारबाही गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा