मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस अध्यापन सुरु



 

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबीबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबाट यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन सुरु गरेको हो ।

प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने प्रतिष्ठानका उपकुलपति डा अकुर साहले जानकारी दिए । पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामाङ्कन गरिएको छ । विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रकम लिने निर्णय भएको उनले बताए ।

पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामाङ्कन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामाङ्कन गरिएको छ ।

यही पुस २४ गतेसम्म नामाङ्कनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले  ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।

एमबिबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यसअघि उक्त भवनमा नर्सिङका  छात्राहरू अध्ययन गर्दै आएका थिए ।

एमबिबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय खाजामा लगानी बढाउन माग

  काठमाडौँ । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले

धौलागिरी बुहुमुखी क्याम्पसमा निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

  बागलुङ । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

कञ्चनपुर ।  कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।