शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह



पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताएका छन् । विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने भएकाले यसलाई अपराधका रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

पठनपाठन प्रभावकारी हुन नसक्दा विद्यार्थी अनुत्तीर्ण हुने गरेको पाइएको बताउँदै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरे ।

तेह्रथुमको आठराई गाउँपालिका–४ इवा आफूले कक्षा ४ सम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधार अनिवार्य भएको बताए ।

आफू प्रधानमन्त्रीमा नरहँदा विकास निर्माणका कार्य रोकिएको बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई निरन्तरता दिन, स्थिर राजनीतिक वातावरण बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य भएको बताए । उनले सरकारले विकास निर्माणमा अवरूद्ध योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित प्रणामी माध्यमिक विद्यालयको १८ कोठे भवनको उद्घाटन गरेका हुन् । उक्त भवन हालै निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणमा उक्त फाउण्डेसनले चार करोड ४९ लाख ६० हजार, कोसी प्रदेश सरकारले  २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन् ।

प्रणामी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता गुरूङ, कोसी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुनलगायतको समेत उपस्थिति  थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा