नुवाकोटमा चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित



 

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) अध्ययनरत विद्यार्थी दीक्षित भएका छन् ।

यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधिसम्बन्धी प्रारम्भिक तहको अध्ययन पूरा गरेका ५० जना विद्यार्थी दीक्षित भएका हुन् ।

गत भदौ १४ देखि  सुरु भएको कक्षा आज सम्पन्न भएको हो । प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई चीन सरकारको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजबाट आएका प्रशिक्षक र जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङले प्रमाणपत्र प्रदान गरे ।

चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कक्षा ११ र १२ का विद्यार्थीसहित स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सफतापूर्वक तीन महिनामा पूरा गरेका ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालका समन्वयकर्ता रामचन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार नेपालमा पहिलो पटक नमूना परीक्षणका रूपमा चिनियाँ दूतावासको सहयोगमा सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सहज रूपमा पूरा गरेका छन् ।

दूतावासले अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका लागि अन्य विद्यार्थीलाई समावेश गराउने तयारी गरिरहेको जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले जानकारी दिए  ।

“परीक्षणका रूपमा नेपालमा पहिलो पटक सुरु भएको कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता देखेपछि दूतावास उत्साहित भएको जानकारी पाएका छौँ”, उनले भने, “अध्ययन र सीप सिकाइको तह पूरा गरेकामध्ये उत्कृष्ट विद्यार्थीलाई अध्ययनको लागि चीन जाने अवसर पनि प्राप्त हुने उल्लेख छ ।”

कार्यक्रमको सफलता पश्चात् नुवाकोटमा थप कार्यक्रम विस्तारसहित शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालनका लागि दूतावासले यहाँबाट प्रस्ताव माग गरेको छ । विश्वका एकसय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको चीन सरकारले नुवाकोटसहित चीनसँग सीमा जोडिएका जिल्लामा उक्त कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको हो ।

चीनको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजले नेपालको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल संस्थासँगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याएको थियो । चिनियाँ कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षाको प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीले चिनियाँ भाषामा पढ्न, लेख्न र कम्युटरमा आधारित सीप विकाससम्बन्धी (प्रविधि)मा काम गर्नसक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा