जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई



काठमाडौँ । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज (शुक्रबार) आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्रदान गरेका हुन्।

विदेशमन्त्रीको प्रशंसापत्र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा समूहलाई जापानसँगको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा योगदानको कदर स्वरुप प्रदान गरिन्छ। प्रशंसापत्रले प्राप्तकर्ताहरूको गतिविधिबारे जापानी जनतामा बुझाइ र समर्थन बढाउन पनि योगदान पुग्ने दूतावासले जनाएको छ।

विभाग प्रमुख कामिमुरालाई जापानी भाषा, संस्कृति, जापान र नेपालबीचको आपसी समझदारी तथा मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धनमा उनको महत्त्वपूर्ण योगदानको कदर गर्दै गत अगष्ट ८ मा यो प्रशंसापत्र प्रदान गर्ने घोषणा गरिएको थियो। उनी काठमाडौँमा रहेको जापानी सहायक विद्यालयको व्यवस्थापन समितिको सदस्यको रूपमा पनि कार्यरत थिए, जसले नेपालमा रहेका जापानी बालबालिकाका लागि शैक्षिक वातावरण सुधार गर्न योगदान पुर्‍याएको छ।

विभाग प्रमुखको रूपमा कामिमुराले सन् २००४ देखि आधारभूतदेखि उच्च तहसम्मका विद्यार्थीहरूलाई जापानी भाषा पढाउँदै आएका छन्। उनले क्याम्पसमा जापानी संस्कृति, इतिहास र साहित्यमा पनि अध्यापन गरेका छन्।

त्यस अवसरमा राजदूत किकुताले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको प्रमाणका रूपमा कामिमुरालाई विदेशमन्त्रीको प्रशंसापत्र प्राप्त भएकामा बधाई दिए। साथै उनले नेपालमा जापानी भाषाको प्रवर्द्धनमा कामिमुराले अझै अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नुपर्नेमा शिक्षा मन्त्री भट्टराईको जोड

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार

नगराइन नगरपालिकाको नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले पाएनन् तलब

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले

पोखरामा सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क बीमा

कास्की । पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक

चाँडै शिक्षा विधेयक पास हुन्छः सभामुख घिमिरे

झापा।  सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक