चाँडै शिक्षा विधेयक पास हुन्छः सभामुख घिमिरे



झापा।  सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक पास गरेर ऐन निर्माणको तयारी भइरहेको बताएका छन् ।

बुधबार विर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको र सोही अनुसार मेहनत गर्न शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्णलाई आग्रह गरे।

‘विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्’, उनले भने, ‘सोहीअनुसार व्यवस्थापन गर्न सक्नुपर्छ ।’

क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरू, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’