अब विद्यालय तहमा कृषि शिक्षालाई जोइने



 

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएकी छन् ।

मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा शनिबार आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताइन् ।

मन्त्री भट्टराईले दुई सय पाँच विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवद्र्धनका लागि भएका कार्यको प्रशंसा गरिन् ।

उनले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न  खेत तथा बारीलाई कृषिको प्रयोगशाला बनाउन आवश्यक भएको बताइन् ।

समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपूरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्ने मन्त्री भट्टराईको भनाइ  थियो । विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउनुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा