नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका छन् ।

कलेज सञ्चालक समितिको बुधबार बसेको बैठकले सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक केसीलाई सहायक प्राचार्यमा नियुक्त गरेको हो ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई सञ्चालित कलेजको शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सहायक प्राध्यापक नियुक्त गरिएको कलेजका संचार अधिकृत आशिष झाले जानकारी दिए ।

लामो समयदेखि कलेजको शैक्षिक उन्नयनमा सक्रिय सह–प्राध्यापक केसीलाई बिहीबार प्राचार्य दुर्गाप्रसाद भण्डारीले पदभार गराएका थिए ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा इन्जिनियरिङ विधाका सात वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ ।

कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स कम्युनिकेशन, कम्प्युटर, सिभिल फर डिप्लोमा होल्डर्स र आर्किटेक्ट विषयमा अध्यापन हुने गरेको छ ।

कलेजले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई अधिकतम छात्रवृत्तिहरु दिने गरेकाले पनि यहाँ विद्यार्थीको आकर्षण रहेको छ ।

हाल कलेजले स्थानीय छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टप, सेमेष्टर टपर छात्रवृत्ति उपलब्ध छ । यसका अलावा कलेजले भर्ना हुने विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था मुुल्यांकन गरेर पनि विभिन्न छुटहरु दिने गरेको छ । कलेजका अनुसार हरेक वर्ष करिब १५ करोडको छात्रवृत्ति मात्र दिइन्छ ।

नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका इन्जिनियरिङ कलेज मध्येकै उत्कृष्ट कलेज हो । कलेजको शैक्षिक, प्राज्ञिक र प्रशासनिक तथा पूर्वाधारहरु हेरेर २०६० सालदेखि स्थायी अनुमति समेत प्रदान गरिरहेको छ ।

शहरी कोलाहलदेखि बाहिर शान्त तथा हरियाली वातावरणमा अवस्थित कलेजले विद्यार्थीहरुको सिकाईका लागि पूर्णकालिन शिक्षक शिक्षिकाहरुको व्यवस्था गरेको छ । साथै, यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले युरोप, जापान, अष्ट्रेलिया जस्ता विकसित देशका प्रतिष्ठित कलेजमा छात्रवृत्ति पाएर अध्ययन गर्ने मौका समेत पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा