पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना



पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ।

रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, कालिका मावि र सहिद बहुमुखी क्याम्पसमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरिएको हो।

रामतुलसी नमूना माविमा दुई लाख २२ हजार दुई सय २२, सहिद बहुमुखी क्याम्पसमा एक लाख ११ हजार एक सय ११, सीताराम माविमा एक लाख ११ हजार एक सय ११ र कालिका माविमा एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गरिएको हो।

गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयाघातका कारण झमनको निधन भएको हो। उनका बुबा नरबहादुर र आमा यमकुमारी थापाले आफ्नो एकमात्र सन्तानले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा