मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त



बागमती । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बुधबार साँझ बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा पाल्पा निवासी डा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यसअघि प्रतिष्ठानको उपकुलपतिका लागि डा ज्ञवालीसहित सर्लाहीका डा हरिबहादुर खड्का र काठमाडौँ निवासी डा सुजन मानन्धरको नाम सिफारिस भएको थियो ।

डा ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका छन् । उनी महाराजगन्ज मेडिकल क्याम्पस ‘एसोसियट प्रोफेसर’समेत हुन् । डा ज्ञावालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव भएर काम गरिसकेका छन् ।

चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा विश्वराज जोशी बिदा भएपछि गत साउन १५ गतेदेखि सो पद रिक्त थियो । यसैगरी आजैको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रिक्त सचिव पदमा बिदुर खनाललाई जिम्मेवारी दिएको छ । यस्तै प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरको आयोजनामा ‘काठमाडौँ शैक्षिक मेला’ सुरू

काठमाडौँ । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप

अब पढ्ने होइन त ? ‘रामतुलसी’

-सुशीला रेग्मी, रामपुर (पाल्पा), १६ फागुन । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ ।

बारपाक सुलिकोटमा अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था

गोरखा। बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था

काठमाडौं महानगरपालिकाले दुई दिने शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते शैक्षिक मेला आयोजना गर्ने