सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा



दाङ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रूपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ। सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको ईसीडीएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो।

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार यी कक्षाको छनोटका लागि सूचना प्रकाशन गरिएको छ। सूचना प्रविधिमा दुई वटा कोटा रहेका छन् भने अन्य दुई कार्यक्रमका लागि ३० वटा कोटा रहेका उनले जानकारी दिए।

प्रधानाध्यापक पौडेलले स्वीस सरकारको सहयोगमा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेका बताउँदै एसईई दिएर अनुत्तीर्ण भएकाहरुले समेत उक्त कक्षा लिन पाउने उल्लेख गरे। साथै विद्यार्थीलाई प्रतिदिन एक सयका दरले छात्रवृत्ति, पोशाक, दुई लाखसम्मको दुर्घटना बिमा उपलब्ध हुने उनले जानकारी दिए।

परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्कसमेत नलाग्ने उनको भनाइ छ। यी कक्षा साढे तीन महिना विद्यालयमा सञ्चालन हुने र बाँकी सम्बन्धित कम्पनीमा प्रयोगात्मक परीक्षण हुने प्रअ पौडेलले बताए।

सातामा पाँच दिन प्रयोगात्मक र एक दिन सैद्धान्तिक कक्षा हुने भन्दै यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग पुर्‍याउने विश्वास लिइएको उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’