मुगु ६५ औँ साक्षर जिल्ला घोषणा



 

मुगु । विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न  साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामुहिक रुपमा घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

“हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्”, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष विष्णुमाया भामले भनिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय तहहरुले साक्षरताको १२ सूचकमध्ये छ सूचक मात्र पूरा गरेको र बाँकी छ वटा सूचक पनि पूरा गर्न सुझाव दिए । नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर जिल्ला घोषणामा मात्र सीमित नरहनुपर्ने बताए ।

दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमूलककार्यमा ध्यान दिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गरे । मुगु साक्षर घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाँडै शिक्षा विधेयक पास हुन्छः सभामुख घिमिरे

झापा।  सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक

विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा बाहिरियो ३२ अर्ब १८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा खुद सेवा

नर्सिङ शिक्षामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि

२४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम