कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी पास



कर्णाली । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टर बबरमहल काठमाडौँमा सञ्चालन गरेको परीक्षामा प्रतिष्ठानबाट पास आउट भएका ब्याचलर अफ पब्लिक हेल्थ (बिपिएच)का विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

उनकाअनुसार परिषद्ले शनिबारै देशैभरिका विद्यार्थीको नतिजा प्रकाशित गरेको थियो । ‘जनस्वास्थ्यमा स्नातक उत्तीर्ण गरेका देशैभरिका ५१८ विद्यार्थीहरू परीक्षामा सम्मिलित भएकामा २३१ जना (४४ दशमलव ५९ प्रतिशत) उत्तीर्ण भएका छन्’, उपकुलपति रावलले भने, ‘यद्यपि जुम्ला प्रतिष्ठानबाट उक्त परीक्षामा सहभागी भएका १८ जना विद्यार्थीमा शतप्रतिशत उत्तीर्ण भएका छन् । यसले प्रतिष्ठान परिवारलाई निकै गौरवान्वित तुल्याएको छ ।’

उनकाअनुसार गुणस्तर कायम गर्न भूगोल बाधक हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने सन्देश प्रतिष्ठानबाट पास आउट भई परिषद्ले लिएको परीक्षामा सम्मिलित विद्यार्थीहरुको नतिजाले देखाएको छ ।

यसो हुनुमा राम्रो पाठयक्रम, योग्य शिक्षक, लगनशील विद्यार्थी र प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन नै हो । यो नतिजाबाट अब कर्णालीले देशलाई विशेषज्ञ चिकित्सक र जनस्वास्थ्यविज्ञ दिनसक्ने तथ्य उजागर गरेको उपकुलपति रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा