विद्यालय शिक्षा विधेयक जसरी पनि आउँछः शिक्षामन्त्री भट्टराई



 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सवका अवसरमा  शिक्षाविद्, शिक्षाकर्मी र शिक्षा पत्रकार सम्मानित र पुरस्कृत गरेकी छन् ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा शिक्षाविद् प्रा डा वासुदेव काफ्ले, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, सिन्धुलीको गणेश माविका व्यवस्थापन समितिका अध्यक्ष विमला विश्वकर्मा, कैलालीको कलम बल मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल, युवराज बम, आसमान नेपालका सञ्चालक सदस्य रेखा यादवलाई सम्मानित गरियो ।

यसैगरी  २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका शिक्षा पत्रकार सूर्यप्रसाद पाण्डेलाई प्रदान गरियो । सो अवसरमा शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८१ छिटो ल्याउन पहल भइरहेको, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ कार्यान्वयको प्रक्रिया सुरु भएको र शिक्षक दरबन्दी मिलानसम्बन्धी कार्यदल गठनको तयारीमा रहेको जानकारी दिइन् ।

“कुनै आशङ्का गरिरहनु आवश्यक छैन, विद्यालय शिक्षा विधेयक जसरी पनि आउँछ । यसका लागि हामी संसदीय समितिमा नियमित छलफलमा रहेका छौँ”, मन्त्री भट्टराईले भनिन्, “सिंहदरबारबाट गाउँ र टोलटोलमा पुगेको शिक्षालाई गुणस्तरीय तुल्याउन पाठ्यक्रम, परीक्षा र मूल्याङ्कनमा सुधार गर्न हामीले कार्ययोजना बनाइसकेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा