साक्षरताविना शिक्षा र शिक्षाविना विकास असम्भवः शिक्षामन्त्री भट्टराई



 

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिएकी छन् ।

आइतबार ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा  आयोजित कार्यक्रममा उनले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।

‘सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ’, मन्त्री भट्टराईले भनिन् ।

त्यस अवसरमा उनले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छवटा महिला विद्यालयलाई सम्मान गरेका थिए । सम्मानित हुने भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौँ चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँबजारको नमूना महिला विद्यालय र बुटबलको साधना महिला विद्यालय रहेका छन् ।

यस्तै, ज्ञानज्योति महिला विद्यालयबाट एसइई उत्तीर्ण गरी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत ४३ वर्षीया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षासचिव डा दीपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारीलगायतले शुभकामना दिएका थिए । दिवसका अवसरमा केन्द्र परिसरमा वृक्षरोपणसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा

‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

ललितपुर । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण

विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय