सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्,- ‘बोर्ड पनि फेर्न सकिएन’



तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

‘यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्’, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, ‘न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।’

शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ ।

विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ । त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन । सो ठाउँ सङ्घीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ । जुन बोर्ड सङ्घीयता आउनुभन्दा अघिकै बोर्ड हो ।

आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको प्रधानाध्यापक केसीले बताए । अहिले सोही विद्यालयमा सात जना शिक्षक–शिक्षिका कार्यरत छन् । सो विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा

‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

ललितपुर । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण

विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय