पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान



बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरु गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिए ।

उनका अुनसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्यांकनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको तीन लाख रूपैयाँ पुरस्कार रकमबाट दुई लाख १८ हजार खर्च गरेर एउटा स्मार्ट बोर्डसहित स्ट्याण्ड, ओपीएस बक्सलगायत सामग्री गरिद गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराएका छन्नुर ।

विद्यालयमा दुईवटा स्मार्ट बोर्ड भएपछि विज्ञान विषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा यसै स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको प्रअ हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको