जुम्लाको गुठीचौरमा विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम



जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमबाट पालिका सबै विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर सुधार गर्नेदेखि, पालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागू गर्ने भएको छ ।

जीवनोपयोगी व्यावसायिक एवं प्राविधिक शिक्षालाई जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गरिने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । उनले नैतिक शिक्षा पनि त्यसमा समावेश भएको बताए ।

अध्यक्ष बुढाले भने, ‘विपन्न, अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई श्रमसँग जोड्न ‘पढ्दै कमाउँदै रमाउँदै परियोजना’ पालिकाको शङ्कर बहुउद्देश्यीय माध्यामिक विद्यालयमा लागू हुनेछ ।’

विद्यार्थीको वास्तविक समस्या पहिचान गरी गाउँपालिकाले समाधान गर्ने कार्यक्रमको लक्ष्य छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर उनीहरूका समस्या बुझ्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा