नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई



 

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको ऐनलाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्याइ हाल देखिएका समस्या समाधान गर्ने बताइन् ।

पदभार ग्रहण गर्दै उनले स्थानीय आवश्यकतामा आधारित विद्यालय पोषण प्रारुप विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी पहिलो निर्णय गरिन् ।

उनले उक्त कार्यक्रममा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनका लागि मन्त्रालयको विद्यालय शिक्षा महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित समिति गठन गर्ने निर्णय गरेकी छन् ।

त्यसअवसरमा उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा आफू केन्द्रित रहने समेत उल्लेख गरिन् । “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय छैन, सार्वजनिक शिक्षाप्रति आकर्षण बढाउने गरी काम गर्ने मेरो दायित्व हो”, उनले भनिन् ।

उनले विश्वविद्यालयको शिक्षाप्रतिको आकर्षण पनि घट्दै गएको उल्लेख गर्दै भनिन्, “विश्वविद्यालयमा शैक्षिक पात्रो निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिने छु, साथै युवामा नेपालका विश्वविद्यालयमा पढेर स्वदेशमै काम गर्छु भन्ने विश्वास दिलाउने गरी काम गर्ने छु ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको