प्रधानमन्त्रीद्वारा शैक्षिक क्यालेन्डर लागू गरेकामा त्रिविका पदाधिकारीलाई धन्यवाद



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक क्यालेन्डर लागू गरेकामा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।

आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बराल, रजिष्ट्रार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम कार्यकारी परिषद्बाट पारित गरेकामा धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भने, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याए मात्रै मुलुकमा सकारात्मक परिवर्तन महसुस गर्न सकिन्छ । त्रिविमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेन्डरलगायत क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ । यसले राम्रो सन्देश दिएको छ । भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।”

भेटमा त्रिविका पदाधिकारीले प्रधानमन्त्री दाहालको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा