केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन



काठमाडौं ।  राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ। समितिले मंगलबार निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिटाे निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिए। समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो।

त्यस अवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो। ०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन ०७६ बाट प्रबलीकरण (रेट्रोफिटिङ) सुरु गरिएको थियो। दुई वर्षभित्र कार्य सम्पन्न गर्ने भनिए पनि ६ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए।

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सिलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए। त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए।

यादवका अनुसार पुस्तकालयमा पुरातात्त्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन्। यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन्। यिनको ‘डिजिटलाइज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

ओखलढुङ्गा । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका

आन्दोलनका लागि तयारी अवस्थामा रहन शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघ रुष्ट, भन्यो-अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शिक्षा उपसमितिको प्रतिवेदन अनुदार