कानुनी दायरामा नआउने शिक्षण संस्थालाई बन्द गराउन सुझाव



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वसचिव शङ्कर कोइरालाको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थालाई कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ ।

त्यस्ता सम्बन्धनका विषयमा अध्ययन गर्न गठित उक्त ‘विज्ञ समितिको प्रतिवेदन, २०८१’ मा विधायिकी कानुनको परिधिभित्र ती संस्थालाई ल्याउनुपर्ने, सोअन्तर्गत नआउने शिक्षण संस्थालाई बन्द गराउनुपर्ने सुझाव समितिले दिएको हो ।

गत वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकबाट निर्मित समिति गठन गरिएको थियो । सो समितिको प्रतिवेदन मंगलबार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । हाल ‘ए लेभल’का ३२, स्नातक र स्नातकोत्तर तहका ५९ शिक्षण संस्थाहरु विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो’

ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन

‘आदरणीय केपी बा ! तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब’

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकका कारण एसइईको नतिजा राम्रो नभएको भन्ने एमाले

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच