विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना



रामपुर (पाल्पा) । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।

रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।

रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा एक–एक लाखका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताए । उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई एक लाखका चेक हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

पाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ

काठमाडौं महानगरले कक्षा ११ दिने छात्रवृत्तिका लागि ११ हजार विद्यार्थी सहभागी

काठमाडौँ । कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी भएका

विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव हालेका सांसदले आफ्नै प्रस्ताव बिर्सिएपछि …..

प्रकाश सिलवाल, काठमाडौँ । ‘माननीय सभापतिज्यू, छ महिनाअघि संशोधन प्रस्ताव दर्ता गरेको थिएँ

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने

गण्डकी । पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै