‘डिएण्डएडी यल्लो पेन्सिल’ अवार्ड नित्या रञ्जना लिपीलाई



 

काठमाडौँ ।  ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) लिपीले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस वर्षको ‘डिएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यो अवार्ड नेपालका लागि पहिलो हो । बिहीबार लण्डनमा भएको ६२औँ डिएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको हो ।

यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । छ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपी पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताए ।

डिएण्डएडी विश्वव्यापी व्यावसायिक विज्ञापन, डिजाइन, शिल्प र सिर्जनाका क्षेत्रमा प्रदान हुने अवार्ड हो । सन् १९६२ देखि डिजाइन र विज्ञापनका क्षेत्रमा यो अवार्ड प्रदान गरिँदै आइएको छ ।

क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्टताका लागि प्रदान गरिन्छ । अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना लिपी मात्र नभइ रञ्जना लिपीले अन्तर्राष्ट्रियस्तरमा पहिचान वृद्धि गरेको उनले बताए ।

फाउन्डेसनले रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको ‘फन्ट डिजाइन कम्पनी’ एक टाइपसँग सहकार्य गरेको थियो । यसमा फन्ट विकासकर्ता तथागत विश्वास, सारङ्ग कुलकर्णी, नुपुर दात्ये हुनुहुन्छ । यसको विकास तथा सिर्जनाका लागि काठमाडौँ महानगरले पनि सहयोग गरेको थियो ।

“रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भएर पनि यी अक्षरहरुको प्रयोग, प्रवद्र्धन हुन सकेको थिएन । यसले लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रव्द्र्धन गर्न लिपीलाई प्रविधिसँग प्रयोग अनुकूल बनाउने काम युवाले थालेका छन्”, फाउन्डेसनका अध्यक्ष महर्जनले भने ।

क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र सिक्न सक्ने स्वरुपमा रुपान्तरण भएको उनको भनाइ छ । यो लिपी इण्डो आर्यन, मङ्गोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचानसँग जोडिएको उनले बताए ।

लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त÷अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत क्षेत्रमा गरिएको अध्ययनबाट पृष्ठपोषण लिइएको थियो ।

फन्टमा आकर्षक अक्षर छन् । स्वर र व्यञ्जन वर्णहरु, बिराम र अङ्क तथा लेख्य विकल्प रहेका क्यालिजात्राका अध्यक्ष महर्जनले जानकारी दिए । उनका अनुसार यस लिपीलाई संस्कृत, पाली र नेपाल भाषा लेखनका लागि प्रयोग गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने

चिनियाँ शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालयको सहभागिता

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको डेढ दशकः प्राविधिक शिक्षामा जोड

महेन्द्रनगर  । महिनौँ दिनको आन्दोलन र सङ्घर्षपछि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको आज