शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी



काठमाडौँ । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासङ्घको महासचिव थिए ।

यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासङ्घको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो ।

विधानविपरीत एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले भाग लिएको थिएन ।

सहमति जुट्न नसकेपछि सङ्गठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासङ्घको नेतृत्व चयन गरिएको र सङ्गठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई