पोखरा विश्वविद्यालयका विभिन्न सङ्काय उत्तीर्ण गरेका विद्यार्थी दीक्षित



कास्की । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पोखरा विश्वविद्यालयका सहकुलपति अशोक राईले रोजगारीमूलक शिक्षा देशव्यापी बनाउन नसक्दा उच्च शिक्षाको अवसर खोज्दै युवावर्ग विदेशिने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेका छन् ।

सोमबार पोखरा विश्वविद्यालयको उन्नाइसौँ दीक्षान्त समारोहमा उनले त्यस्तो बताएका हुन् । “रोजगारीमूलक शिक्षा दिन नसक्नु हाम्रो कमजोरी हो, उनीहरू देशमा भविष्य नदेखेर विदेश पलायन भएका हुन्,” मन्त्री राईले भने, “उनीहरूलाई नेपालमा बस्ने वातावरण बनाउन रोजगारीमूलक शिक्षा र उच्च शिक्षामा अनुसन्धनात्मक कार्यमा लगाउन जरुरी हुन्छ ।”

देशको अर्थतन्त्र कमजोर भएका कारण सरकारले शिक्षामा लगानी वृद्धि गर्न नसकेको भन्दै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी शैक्षिक उन्नयन हासिल गर्नु आफ्नो एकमात्र उद्देश्य भएको बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले पूर्वीय दर्शनलाई पछ्याउन नसक्दा उच्च शिक्षामा चुनौती खडा भएको बताए । उनले देशमा अध्ययन–अध्यापन र व्यवस्थापन कमजोर हुँदा विद्यार्थी विदेशिका हुन् भन्दै विगतबाट पाठ सिकेर गुणस्तरीय शिक्षाको प्रबन्ध स्वदेशमा नै गर्न सरकार इमानदार भएर लाग्नुपर्ने बताए ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको समारोहमा विभिन्न सङ्कायमा उच्च अङ्क हासिल गरेका विद्यार्थीलाई विभूषण प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको

विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको