विश्वविद्यालयबारे शिक्षा समितिले विज्ञहरुसँग छलफल गर्ने



काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विश्वविद्यालय अझ राम्रो बनाउनको लागि विज्ञहरुसँग छलफल गर्ने बताएका छन् ।
शुक्रबार समितिको बैठकमा उनले विश्वविद्यालय विकास गर्ने कुरामा सबैको धारणा आवश्यक भएको भन्दै थप छलफलको लागि विज्ञहरुलाई बोलाउने बताएका हुन् ।
उनले भने, ‘विश्वविद्यालय बनाउन सरकारले चाहेको छ । यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ हामी अघि बढ्नुपर्छ । त्यसको लागि केही विज्ञहरु बोलाएर छलफल गर्ने निष्कर्षमा पुगेका छौं ।’

यस्तै उनले छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, बद्री पाण्डे र राम प्रकाश चौधरीसँगको परामर्श र सल्लाहमा विज्ञ बोलाउने छलफल गर्ने र राय सुझाव लिन लागेको बताए ।

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय विधेयक २०८० संसदबाट पारि गर्न समितिलाई अनुरोध गरेका छन् ।

उनले नगरपालिकाले उच्च शिक्षा प्रदान गर्ने संस्थाहरु सञ्चालन गर्दै आएको भन्दै ती संस्थाहरुलगायत अन्य संस्थालाई समेटेर ख्वप विश्वविद्यालय सञ्चालन गर्न लागेको बताए ।

उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत विषयमा उदाहरणीय कार्य गर्दै देशभरका विद्यार्थीहरुलाई कम शूल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको

विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको