काठमाडौंमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने



 

काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ ।

सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गरे ।

प्रधानसेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

सङ्घले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधानसेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

सोही अवसरमा प्रधानसेनापतिले सङ्घले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गरे । त्यसैगरी, उनले नेपाली सेनाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ विविध सहयोग पुर्याउने सङ्घसंस्थाहरूलाई कदरस्वरूप उपहार प्रदान गरे ।

कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, सङ्घका पदाधिकारीहरू, सैनिक  महाविद्यालयहरूका प्राध्यापक, छात्रछात्राहरूलगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको

विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको