ताप्लेजुङमा आइटी एकेडेमी स्थापना



ताप्लेजुङ ।  समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र  दाताको आर्थिक सहयोगमा सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालय परिसरमा आइटी एकेडेमीको स्थापना गरिएको हो ।

आइटी एकेडेमीको भवन निर्माण सम्पन्न भएसँगै सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रारम्भ भएको छ । मुख्य लगानीकर्ता डेनमार्कका वाल्डेमार स्मिथले भवनको उद्घाटन सँगै समुदायलाई हस्तान्तरण गरे ।

आइटी एकेडेमी स्थापनामा  पाँच करोड ६९ लाख ५१ हजार तीन सय ६२ लगानी भएको छ ।  भानुजन माध्यामिक विद्यालयले करिब  एक करोड १० लाख लगानी गरेको  छ ।

उद्घाटन कार्यक्रममा वाल्डेमार स्मिथले आइटी एकेडेमीले रोजगारलगायतका अवसर सृजना हुनुका साथै समृद्ध समाज निर्माणमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

उनले लगानीका लागि अन्य दातासँगसमेत समन्वय गरेका थिए । हाल उक्त एकेडेमीमा ग्राफिक्स डिजाइन र डिजिटल मार्केटिङका कक्षा सञ्चालनमा छन् भने भविष्यमा अन्य आइटीसम्बन्धी कोर्षसमेत सञ्चालनमा ल्याउने तयारी भएको एकेडेमीका प्रमुख वसन्त पालुवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग