भूकम्पबाट ४५ स्वास्थ्य संस्था र दुई सय आठ विद्यालयमा क्षति



जाजरकोट । जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ ।

दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्ल्यानमा तीन वटा पूर्ण क्षतिसहित कूल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ । स्वास्थ्य संस्थामा भएको क्षतिको आकलन भइरहेकाले यो सङ्ख्या बढ्ने जनाइएको छ ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ । भवनमा क्षति भएकामा अस्थायी रूपमा त्रिपाल राखेर स्वास्थ्य सेवा प्रवाह गरिएको निर्देशक खड्काले जानकारी दिए ।

दुई सय आठ विद्यालयमा क्षति

भूकम्पबाट दुई सय आठ विद्यालयमा पूर्ण क्षति भएको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका जनाइएको छ । जाजरकोटमा एक सय ७३ र रुकुमपश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी पाँच सय ८१ र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा दुई सय आठ पूर्ण र चार सय १८ आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति भएको जानकारी  दिए ।

भूकम्पबाट जाजरकोटमा २२ हजार सात सय ५९ र रुकुम पश्चिममा १७ हजार तीन सय ५१ गरी कूल ४० हजार एक सय १० विद्यार्थी प्रभावित भएका उक्त मन्त्रालयले जनाएको छ
मनोविमर्शकर्ता परिचालन

भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिमका गरी ३३ मनोविमर्शकर्ता परिचालन गरेको छ । जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ मनोविमर्शकर्ता परिचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको