कर्णाली प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाइने



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउने बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्वजनिकीकरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले शिक्षालाई प्रभावकारी बनाउन सिकाइ केन्द्र निर्माण गर्ने बताएका हुन् ।

उनले भने, “प्रविधि, श्रम उत्पादन र नैतिकताका क्षेत्रलाई सुदृढ, विस्तारको काम शिक्षण सिकाइ केन्द्रले गर्नेछ । केन्द्रबाट शिक्षक विद्यार्थी र पाठ्यक्रम निर्माणका लागि सहयोग हुनेछ ।” शैक्षिक सुधारका लागि भने सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । शैक्षिक गतिविधि एक्लाएक्लैभन्दा तीनै तहको सरकार र सरोकारवालाबीचमा सहकार्यबाट सम्भव रहेको बताउँदै उनले कर्णालीका जनताको सुख र खुसीलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधि सञ्चालन गरिरहेको स्पष्ट पारे ।

समुदायस्तरबाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवारबाटै सिकाइ सुधारका अभ्यास आवश्यक रहेको जनाएका उनले कर्णाली प्रदेश सरकारले यहाँका १० जिल्लाका एक-एकवटा विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी गरेको र त्यसका लागि कार्यविधि निर्माणको कामसमेत बताए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, आन्तरिक तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विक, कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशनल नेपाल कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तारसमेत गरेको छ । प्लान इन्टरनेशनल नेपालका अध्यक्ष राम किसनले कर्णालीका दशवटै जिल्लामा कार्यक्रम विस्तार गरिएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो

पाल्पाको रामपुरमा शैक्षिक सभाहल निर्माण गरिँदै

रामपुर (पाल्पा) । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको