मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने



 

बागमती ।  हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा सोमबार बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय  बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो । विश्वविद्यालय निर्माणका लागि हस्ताक्षर सङ्कलन पनि गरिने छ ।

उक्त क्याम्पसलाई विश्वविद्यालय बनाउनु आफैँमा गौरवको विषय भएकाले तदारुकताका काम अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीले जोड दिएका थिए ।

बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमवहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

काठमाडौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब

सधैँभरि समस्या बल्झाएर राखेर हुन्न, शिक्षकका समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्छः सभापति देउवा

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका

अनि सुते राहत शिक्षक सडकमै

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले सोमबार सडकमा सुतेर विरोध गरेका छन् । आन्दोलनमा

शिक्षकहरुको दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने