चीनको ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच सम्झौता



बेइजिङ । चीनको छोङछिङस्थित ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष टुका हमाल र ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटवार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने बिषयमा कुराकानी भएको थियो ।

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए ।

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरुवात अन्तर्गत छोङछिङ थ्रि गर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

यो सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानका लागि महत्वपूर्ण रहेको प्रमुख गौतमको भनाई छ । गौतमले भने, ‘छोङछिङको विकासमा उहाँहरूले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रबद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरूलाई छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ । सहमति अनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्र्यक्रम सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो