माग पूरा गर्ने सरकारको प्रतिबद्धतापछि निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित



काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित भएको छ । शुक्रबार सरकार र आन्दोलनरत पक्षबीचको वार्ताका क्रममा आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा तत्काल सम्बोधन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेसँगै आन्दोलन स्थगित भएको हो ।

सरकारको तर्फबाट भएको प्रतिवद्धता र सकारात्मक पहलका निम्ति धन्यवाद दिँदै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न सरकार पक्षबाट अनुरोध गरिएकाले सरोकारवालाहरूकै सहमतिमा हाललाई पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको प्याब्सन प्रमुख सल्लाहकार टिकाराम पुरीले जानकारी दिए ।

वार्तामा सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षासचिव सुरेश अधिकारी, कानुनसचिव उदयराज सापकोटा, रक्षासचिव किरणराज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता दीपकशर्मा उपस्थित थिए भने सरोकारवाला पक्षका तर्फबाट प्याब्सन अध्यक्ष डीके ढुङ्गाना, हिसान अध्यक्ष रमेश सिलवाल, नेसनल प्याब्सन अध्यक्ष पाण्डव हमाल, प्याब्सन प्रमुख सल्लाहकार टिकाराम पूरी तथा प्याब्सन महासचिव श्री आरबी कट्वाल सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो