अनुसन्धानमा केन्द्रित हुन मदन भण्डारी विश्वविद्यालयलाई शिक्षामन्त्री राईको आग्रह



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नवस्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन र अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

ललितपुरमा सोमबार आयोजित विश्वविद्यालय उद्घाटन सम्मेलनमा उनले विश्वविद्यालयले विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि सफलता प्राप्त गर्ने र विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन तथा अनुसन्धानमा केन्द्रीत हुने विश्वास व्यक्त गरेका हुन् ।

“सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विश्वविद्यालय सफल हुनेछ”, मन्त्री राईले भने, “धेरै चुनौतीलाई पार गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयले सफलता प्राप्त गर्नेछ ।”

सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरुपमा अध्ययन अनुसन्धानका लागि उक्त विश्वविद्यालय र लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौतासमेत सम्पन्न भएको छ ।

विसं २०७६ वैशाखमा मदन भण्डारी विज्ञान तथा प्रविधि विकास बोर्डको स्थापनासँगै विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको थियो । विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशी र उद्योगका अध्यक्ष दीपक पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

विश्वविद्यालयले मकवानपुरको चित्लाङमा डिसेम्बर १, २०२३ देखि देशको वास्तविक जीवन आवश्यकतामा केन्द्रित हुने गरी अनुसन्धानमा आधारित स्नातकोत्तर र पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ । सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेश अनुरूप ज्ञान र प्रविधिको सिर्जना तथा अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी

वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश