अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासङ्घको माग



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था गर्न माग गरेको छ ।

महासङ्घले सोमबार काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान खारेज गर्न पनि माग गरेको हो । महासङ्घका अध्यक्ष गुणराज मुक्तानले महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडौँ महानगरको विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णयको विरोध जनाउँदै महासङ्घले ज्ञापनपत्र बुझाएको उनले उल्लेख गरे । उक्त ज्ञापनपत्र बुझ्दै उपप्रमुख डङ्गोलले महासङ्घले उठाएको विषयमा छलफल गर्ने वचन दिनुभएको अध्यक्ष मुक्तानले बताए ।

काठमाडौँ महानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूको वर्तमान व्यवस्थापन समिति विघटन गरी वडा अध्यक्षहरूको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने हालै काठमाडौँ महानगरले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई