हिसान बाग्मती प्रदेश कमिटी र एसिसिए नेपालबीच सम्झौता



काठमाडौं । हिसान बाग्मती प्रदेश कमिटी र एसिसिए नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हिसान बाग्मती प्रदेश कमिटीका तर्फबाट अध्यक्ष भवानीप्रसाद पौडेल र एसिसिए नेपालका तर्फबाट एसिसिए नेपाल प्रमुख रविन कट्वालले हस्ताक्षर गरेका छन् ।

समारोहमा हिसान बाग्मती प्रदेशका अध्यक्ष भवानी प्रसाद पौडेलले सम्झौता शिक्षक,विद्यार्थी र शिक्षण संस्थाहरुका लागि अत्यन्तै महत्वपूर्ण र परणाममुखी रहनेछ भन्नेमा आफू विश्वस्त रहेको र सम्झौता पत्रमा उल्लेखित बुँदाहरुको प्रभावकारी कार्यान्वयनमा दुबै पक्षको इमानदार प्रयास जरुरी रहेको बताए ।

सोही समारोहमा एसिसिए नेपाल प्रमुख रविन कट्वालले हिसान बागमती प्रदेश कमिटीले गर्ने कुनै पनि शैक्षिक उन्नयनका कार्यक्रमहरुमा एसिसिएको कुनै पनि खालको सहकार्य र सहभागिता रहने बताए ।

समारोहमा हिसान बागमती प्रदेश कमिटीका उपाध्यक्षद्वय प्रा. तोयानारायण पौडेल र राजकुमार आचार्य, सचिव आनन्दकुमार यादवले पनि आ–आफ्नो धारणा राखेका थिए विशेष अतिथिका रुपमा हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडक काठमाडौंका भाइस प्रिन्सिपल डा. अल्का सापकोटाको उपस्थिति थियोे । समारोहमा सहजीकरण वरिष्ठ शिक्षा पत्रकार एवम् शिक्षासेवी नारायण आचार्यले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई