पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने



 

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ ।

विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०२० जनाको कोटा तोकेर पठनपाठन सुरु गर्न लागिएको छ । इञ्जिनियरिङ काउन्सिलले उक्त विषय अध्ययन गराउन मान्यता दिइसकेको छ ।

नयाँ कार्यक्रमको पाठ्यक्रम निर्माण गर्न गठित विभिन्न समितिले पाठ्यक्रमका बारेमा छलफल गरी अन्तिम रुप दिएको छ । समितिले स्नातकोत्तर तहमा ‘अर्थक्वेक इञ्जिनियरिङ’को पाठ्यक्रमलाई परिमार्जन गरेको छ ।

समितिले विभिन्न विषयविज्ञसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिएको हो । समितिमा पाठ्यक्रमसम्बन्धी विज्ञ, टिप्पणीकर्ता, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डययन प्राधिकरण, नेपाल कन्स्ट्रक्सन एशोसियसन, नेपाल उद्योग परिसङ्घ लगायतको प्रतिनिधित्व रहेको थियो ।

पाठ्यक्रमलाई अन्तिमरुप दिन आयोजित कार्यक्रममा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले विश्वविद्यालय तथा औद्योगिक क्षेत्र जोड्न उपयोगी पाठ्यक्रम बनेकामा खुसी व्यक्त गरे । उनले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादनमा पाठ्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयले स्नातक तहमा इञ्जिनियरिङ सङ्कायअन्तर्गत सिभिल, इलेक्ट्रिकल, बायो मेडिकल, इलेक्ट्रोनिक्स, कम्प्युटरलगायत विषय अध्ययन गराउँदै आएको छ । प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरी विश्वविद्यालयले स्वदेशको माग पूर्ति गर्दै आइरहेको छ ।

विश्वविद्यालयले स्नातक तहको सिभिल कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी आगामी १० वर्षमा चाहिने जनशक्तिको प्रक्षेपण गर्दै अनिवार्य ‘इन्टर्नसीप’को व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको

तनहुँका चार पालिकाको निर्णयः सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  दमौली (तनहुँ) ।  तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा

पूर्वाञ्चल विश्वविद्यालयका सात हजारभन्दा विद्यार्थी दीक्षित

  सुन्दरहरैँचा (मोरङ) । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना