मेडिकल पढ्न फिलिपिन्स किन ?



काठमाडौं । मेडिकल पढ्न बिगत केही बर्षदेखि नेपाली बिद्यार्थीहरुका लागि फिलिपिन्स मुख्य गन्तव्यको रुपमा रहेको छ । हरेक बर्ष करिब सैयौंको हाराहारीमा नेपालबाट मेडिकल पढ्न फिलिपिन्स जाने गरेको तथ्यांक रहेको छ ।

उज्वल भविष्यको सपना बुन्दै मेडिकल पढ्न फिलिपिन्स पुगेका कैयौं बिद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् । केहि परामर्शदाताको झुठो आश्वासनमा लोभिएर त्यहाँ पुग्दा समस्यामा पर्ने गरेका छन् ।

फिलिपिन्समा संचालित मेडिकल कलेज र विश्वविद्यालयका बारेमा आबश्यक जानकारी लिई अध्ययन गर्न जाँदा उपुक्त हुने जानकारहरु बताउँछन ।

नेपालमा एमबिबिएसको सिट कटौतीसंगै प्रतिवर्ष सैयौंको संख्यामा विदेशमा अध्ययनका लगी जानुपर्ने बाध्यता रहेको बुझिएको छ । अध्ययनका लागि विदेश जानेक्रममा नेपाली बिद्द्यार्थीहरु पछिल्लो समय कन्सल्टेन्सी बाट ठगिने क्रम पनि बढेको जानकारहरु बताउछन् ।

फिलिपिन्सको अधिकांश मेडिकल कलेजहरुमामा नेपाली बिद्द्यार्थीहरु लगायत अन्य देशका बिद्द्यार्थीहरु अध्ययन गरिरहेका छन् । पैसा उठाउने नाममा कन्सल्टेन्सीले बिद्यार्थीहरु लाई अलपत्र पार्ने गरेको बुझिएको छ ।

फिलिपिन्स पढ्न जाँदा विद्यार्थी भर्ना हुँदै चिकित्सा शिक्षा आयोगमा दर्ता हुनुपर्ने हुन्छ सो नगरि गएमा पछी ति बिद्यार्थीहरुलाई समस्या पर्ने गरेको आयोगका अधिकारिहरु बताउँछन् ।

विद्यार्थीले मोटो रकम खर्च गरेर एमबिबिएस पढ्न जाँदा उक्त कुराहरुमा बिचार पु(याउनु पर्ने देखिन्छ ।

समस्या हुनुको मुख्य कारण के हो त ?

मोटो रकम कमाउने लोभमा केहि कन्सल्टेन्सीहरुले मापदण्ड नपुगेका समस्या ग्रस्त मेडिकल कलेजमा बिद्द्यार्थी पठाउने गरेको पाइएको छ । भड्किलो प्रचार प्रसारको माध्यमबाट बिद्द्यार्थीलाइ झुक्याएर लैजाने गरेको फेला परेको छ । त्यसैले धेरै कलेज मापदण्ड अनुसार नभएकाले कुन कलेजमा पढ्न जाने नजाने गहिरो जानकारी राख्नुपर्ने देखिन्छ ।

कन्सल्टेन्सी नै दोषी हो त ?

केहि हदसम्म हो भन्न सकिन्छ तर वास्तविकता बजारमा हल्ला फ़ैलाइए भन्दा फरक हो । कुनै बिद्यार्थी अभिभावकले सम्पूर्ण बिषय बारे जानकारी लिएर मेडिकल पढ्न सरकारले निर्धारण गरेको प्रक्रिया पुरा गरिसकेपछि अध्ययन गर्न गएको छ भने समस्या परेको खण्डमा सामाधान गर्ने दायित्व सम्बन्धित निकायको पनि हो ।

राहदानी, प्रमाणपत्र प्रमाणीकरण, आयोग बाट लिईने इलिजिबिलिटी सर्टिफिकेट, शिक्षा विज्ञान तथा प्रबिधि मंत्रालायबाट लिईने नो अब्जेक्सन सर्टिफिकेट लगायतका अन्य कागजात आबश्यक प्रमाणजुटाई सकेपछी प्राप्त हुने हो र सो का लागि राजश्व तिर्नुपर्ने हुन्छ । त्यसैगरी पढ्न जान लागेको शैक्षिक संस्थालाई तिर्नुपर्ने सम्पूर्ण शुल्कको सरकारलाई ३ (तीन) प्रतिशत शिक्षा शुल्क तिर्नुपर्ने हुन्छ ।

सो सम्पूर्ण शुल्क अध्ययन अबधिभर राष्ट्र बैंकबाट मान्यता प्राप्त “क” बर्गको बैंक मार्फत बैंकले तोकेको शुल्क तिरेपछि बैंकिङ कारोबार गर्नुपर्ने हन्छ । त्यसर्थ उक्त विद्यार्थीको बारेमा नागरिकको हैसियत तथा बिभिन्न शिर्षकमा लाखौ रकम राजश्व तिरिसकेपछी सम्बन्धित निकायले पनि सोच्नुपर्ने हुन्छ ।

मेडिकल पढ्न फिलिपिन्स उत्तम र सजिलो बिकल्प

न्युप्लाजा पुतलीसडक स्थित साइनअप इन्टरनेशनल एजुकेसनका प्रबन्ध निर्देशक अमृत खनालको बुझाईमा मेडिकल पढ्न नेपाल पछिको उत्तम र सजिलो बिकल्प भनेको फिलिपिन्स रहेको बताउँछन् ।

एशियाली राष्ट्र एवं सांस्कृतिक व्यवहारिक भाषिक र त्यहाँको परिवेशमा नेपालका बिद्द्यार्थी सहजै घुलमिल हुनेगरेका छन् । हरेक बर्ष सैयौंको संख्यामा नेपाल बाट फिलिपिन्स मेडिकल अध्ययन गर्न आउने गरेको फिलिपिन्सको राजधानी मनिला स्थित विगत १६ बर्ष देखि व्यापारको सिलसिलामा स्थायी रुपमा बसोबास गर्नु भएकी आयुष्मा राणा शाह बताउँछिन् ।

फिलिपिन्स नै किन ?

आफ्नै देशको मेडिकल कलेजमा सहजै प्रवेश नपाउनु ।

फिलिपिन्सको कलेज हरुमा एकमुष्ट रकम बुझाउनु नपर्ने ।

फिलिपिन्समा किस्तामा बुझाउन पाइने ।

फिलिपिन्समा १० देखि १५ लाख सम्म सस्तोमा पढ्न पाईने ।

त्यहाको मेडिकल कलेजमा बिरामीको चाप हुनेभएकाले व्यवहारिक ज्ञान हुने ।

खानपिन हावापानी रहन(सहन नेपाल सँग मिल्दोजुल्दो हुनु ।

सहजै आवत/जावत गर्न सकिने ।

युसएमएलि फिलिपिन्स बाटै गर्न मिल्ने ।

आधिकारिक भाषा अङ्ग्रेजी नै भएकोले भाषाको कुनै अबरोध अथवा ब्यारियर नभएको ।

नेपाल मेडिकल काउन्सिल तथा एफ एम जिई ईन्डियाको लाईसेन्स दर्ता परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ।

नेपाल जस्तै रोगहरुको बारेमा अध्ययन गर्न पाईने ।

फिलिपिन्स जाँदा यी कुराहरु ख्याल गरौँ ।

हरेक बर्ष केहि बिद्यार्थी एवं अभिभाबकहरु समस्यामा पर्ने गरेका उदाहरणहरु छन् । त्यसर्थ सम्बन्धित निकायमा रितपुर्बक दर्ता भएका कन्सल्टेन्सीहरु मार्फत जाँदा उचित देखिन्छन ।

सम्बन्धित निकाय लगायत फिलिपिन्स अध्ययन गर्दै गरेका सिनियरहरु बाट पनि जानकारी लिन सकिन्छ । आफु पढ्न जान लागेको मेडिकल कलेजको बारेमा सम्पूर्ण अग्रिम जानकारी लिन सकिन्छ ।

त्यसैगरी आफु अध्ययन गर्न जान लागेको मेडिकल कलेज सम्बन्धित देशको मेडिकल काउन्सिल स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय विश्वविद्यालय सम्बन्धित देशको दुताबासहरु बाट पनि बुझ्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई