एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ ।

बोर्डको कार्यालयले बुधबार सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई २०७९) को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन चाहेको सेवाको विवरण कार्यालयबाट तोकिएको शर्तको अधीनमा रही यही असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख राजस्व बुझाउनुपर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने जनाइएको छ । यसैगरी नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औँ दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो