चिकित्सा क्षेत्रको समस्या समाधान गर्ने गरी ऐन बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरूको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताएका हुन् ।

चिकित्सा क्षेत्रका हरेक समस्या समाधान गर्ने गरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कयौं युवा डाक्टरहरूले लाखौँ खर्च गरेर पढ्नुभएको छ । तर, ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको भन्दै प्रधानमन्त्रीले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

दाङ । बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ ।

अब काठमाडौं महानगरका सबै विद्यालयमा नर्सिङ सेवा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध

गोरखामा शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका

छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयलाई प्रदान गरिएको स्वीकृति नै रद्द गर्ने बालेनको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।  महानगर