चिकित्सा क्षेत्रको समस्या समाधान गर्ने गरी ऐन बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरूको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताएका हुन् ।

चिकित्सा क्षेत्रका हरेक समस्या समाधान गर्ने गरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कयौं युवा डाक्टरहरूले लाखौँ खर्च गरेर पढ्नुभएको छ । तर, ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको भन्दै प्रधानमन्त्रीले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा