शिक्षामा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियुको माग



काठमाडौं । अनेरास्ववियुले शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन माग गरेको छ । अनेरास्ववियुको यही जेठ ४ देखि ६ गतेसम्म बसेको दोस्रो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समीक बडालले २० प्रतिशत छुट्याउन माग गरे ।

अनेरास्ववियुले निजी शैक्षिक संस्थाले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई पनि १० प्रतिशतबाट २० प्रतिशतमा पुर्याउन माग गरेको छ । बैठकले अनेरास्ववियुका केन्द्रीय कमिटीमा रहेका सबैले महिनाको एक दिन शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्य स्वयंसेवकीय कक्षा लिने निर्णय गरेको छ ।

यसैगरी, अखिलले सात सय ५३ वटै स्थानीय तहमा विज्ञान, व्यवस्थापन, कानून, खेलकुद, शिक्षा र मानविकी विषयको कक्षा १२ सम्मको नमूना विद्यालय सञ्चालन गर्न आवश्यक जनदबाव दिने निर्णयसमेत गरेको छ ।

अखिलले आयोजना गर्ने कार्यक्रममा खादा नलगाउने, प्रत्येक कार्यक्रममा एकजना महिला वक्ता अनिवार्य, पार्टीका नेताको जन्मदिनमा केक नकाट्ने जस्ता निर्णय गरेको छ । यस्तै, अखिलले सङ्गठन निर्माणको महाअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अध्यक्ष बडालका अनुसार जेठदेखि असोजसम्म १० हजार कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता