लहान मेरी चिल्ड्रेन एकेडेमीले मनायो २५ औं वार्षिकोत्सव



सिरहा । सिरहाको लाहानस्थित लहान मेरी चिल्ड्रेन एकेडेमी हाईस्कूलले २५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयका संस्थापक बौद्धिक व्यक्तित्व पाण्डव हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी लहानका नगर प्रमुख महेश चौधरी, अतिथीहरु सुदीप चौधरी, धरणीधर अधिकारी, विनोद सिंह, नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, वडा अध्यक्ष रमेश गौतम लगायतको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा नगरप्रमुख प्रमुख महेश चौधरीले विद्यालयले गुणस्तरीय शिक्षा दिनमा खेलेको योगदानको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा नगर प्रमुख चोधरीलाई विद्यालयका संस्थापक पाण्डव हमालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यस्तै विद्यालयले सिरहाको पत्रकारिता जगतमा दिएको योगदानको कदर गर्दै सिरहाका वरिष्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रम विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा