भवन नभएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउनुपर्ने बाध्यता



गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् ।

रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ ।

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन् । “हामी त बाध्य भएर यसरी पढाउँदै छौँ”, उनले भनिन्, “विद्यार्थीलाई पढ असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ ।”

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ । सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन् । आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए । नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन् । कूल ५० लाखको लागतमा भवन बनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले