सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त



सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ ।

जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।

त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक एक सय आठ दरबन्दीमा कार्यरत रहेका उनले बताए ।

जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदो छ ।

जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ ।

जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन ।

बीस स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् । साुमदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको छ ।

केही विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन भने केहीमा विद्यार्थी नै नभएको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शैक्षिक कन्सल्टेन्सीलाई कानुन विपरीतको कार्य नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको