दाताको भरमा महाकाली गुरुकुल



कञ्चनपुर । भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ ।

सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक छ कोठा र अर्को भवन चार कोठाको निर्माण हुने भएको छ ।

छात्रावासका दुईवटै भवन निर्माणका लागि रु ३०–३० लाख गरी ६० लाख र पाठशाला भवन निर्माणका लागि ४० लाख बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास कार्यालयकै लगानीमा १५ लाखको लागतमा गुरुकुलको कम्पाउण्ड क्षेत्रमा घेरबार निर्माण भइरहेको छ ।

“नियमानुसार बोलपत्र प्रक्रियामार्फत ठेक्का सम्झौता गरी पूर्वाधार निर्माणकार्य अगाडि बढाइएका छन्” अध्यक्ष जोशीले भने, “भौतिक पूर्वाधार निर्माणकार्यको केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र प्रदेशसभा सदस्य विक्रम धामीले संयुक्तरूपमा शिलान्यास गरेसँगै कार्य अगाडि बढेको छ ।”

गुरुकुलको आफ्नै भवन नहुँदा भम्केनी धार्मिक क्षेत्रको भवनमा सञ्चालन हुँदै आएको छ । विसं २०७८ देखि सञ्चालन हुँदै आएको गुरुकुलमा वैदिक परम्पराअनुसारको संस्कार र शिक्षा विद्यार्थीलाई दिइँदै आएको छ ।

गुरुकुलका प्राचार्य दुर्गादत्त जोशीका अनुसार चालु शैक्षिकसत्रमा कक्षा ६ र कक्षा ७ मा नेपाल सरकारले तोकेको पाठ्यक्रममा आधारित विषयवस्तु नियमितरूपमा पठनपाठनको कार्य भइरहेको छ ।

“आउदो शैक्षिकसत्रमा कक्षा ८ सम्मको पढाइ सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा अनुरोध गरिसकेका छौँ”, उनले भने ।

हाल गुरुकुलमा १६ विद्यार्थी भर्ना भई पढ्दै आएका छन् । गुरुकुलमा पढ्ने विद्यार्थीलाई चरित्रवान, संस्कारी, नैतिकवान, अनुशासितसँगै पढाइमा अब्बल बनाउनका लागि सक्दो प्रयत्न भइरहेको व्यवस्थापन समिति अध्यक्ष जोशीको भनाइ छ ।

“बदलिँदो परिवेशसँगै पुर्खौँदेखि चल्दै आएको रीतितिथि, परम्परा, धर्म–संस्कृतिलाई बिर्सँदै जान थालेका छौँ”, उनले भने, “वैदिक विधिलाई जीवन्त राख्नका लागि गुरुकुल स्थापना गरेका हौँ ।”

भौतिक पूर्वाधारको पर्याप्तता भएपछि विद्यार्थीको सङ्ख्यामा बढोत्तरी हुने विश्वास उनको छ । “गुरुकुलमा बालबालिकालाई पढाउने धेरै अभिभावकले चाहना व्यक्त गर्नुभएको छ”, उनले भने, “बस्नका लागि पर्याप्तता नहुँदा धेरै विद्यार्थी भर्ना गर्न सकेका छैनौँ, निर्माणाधीन भवन निर्माण सकिएपछि विद्यार्थीको सङ्ख्या बढाउँदै लैजाने योजना छ ।” हाल गुरुकुल दाताको सहयोगमा सञ्चालन हँुदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले