डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।

विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएकोे अवस्थामा मन्त्रालयले श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सोमबार विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेका छन् ।

उनका अनुसार हाल छ हजार आठ सय ६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठहरू तथा ई पुस्तकालयको पनि प्रवद्र्धन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले