स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा



स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ विर्घामा मातृभूमि पुस्तकालय सञ्चालनमा आएको छ । जापान सरकारको शान्ति भोलेन्टियर एशोसियसन, रिड नेपाल र स्थानीय समुदायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरी सरस्वती पूजाको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना सञ्चार कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामुदायिक सभाहल रहेको मातृभूमि पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

“स–साना बालबालिकादेखि प्रौढ उमेर समूहलाई लक्षित गरेर रिड मोडलमा पुस्तकालय निर्माण गरिएकाले सबै उमेर समूहका लागि उत्तिकै लाभदायी हुने विश्वास लिएका छौँ”, उनले भने, “अग्रजहरूले सुम्पिएको गम्भीर र गहकिलो जिम्मेवारीलाई सबैको साथ र सहयोगबाट सम्पन्न गर्न पाएकोमा खुशी छु र सहयोगी सबैप्रति कृतज्ञतासमेत व्यक्त गर्दछु ।”

अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएसँगै स्थानीयवासीमा पठन संस्कृतिको विकास हुनुका साथै सबै समेर समूहका पाठकको सिकाइको थलो बन्नेमा उनी विश्वस्त छन् ।

दुई चरणमा निर्माण गर्ने गरी विसं २०७७ चैतमा पुस्तकालय निर्माणका लागि सम्झौता गरिएको थियो । पहिलो चरणमा कूल एक करोड १९ लाख एक हजार ९१ को लागतमा भवन निर्माण गर्ने सम्झौता भएको थियो ।

जसमध्ये जापान सरकारका तर्फबाट एक करोड १५ लाख सहयोग र बाँकी चार लाख एक हजार ९१ स्थानीय समुदायले व्यवस्थापन गरेको हो ।

दोस्रो चरणमा भौतिक सामग्री, पुस्तकहरू, साधन स्रोत, तालिमलगायत अन्य प्राविधिक कार्यका लागि ५२ लाख २४ हजार आठ सय ४६ सहयोगस्वरूप प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

बिहीबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नवनिर्मित अत्याधुनिक पुस्तकालय भवनको उद्घाटन गरेका थिए । उनले पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका नागरिकको चेतनाको स्तर वृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, शान्ति भोलिन्टियर एशोसियसनका नेपाल निर्देशक हिरोको हागिहारा, रिड नेपालका अध्यक्ष भोला श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, किरण पुस्तकालयका अध्यक्ष शशी पन्थी, पुस्तकालयका सल्लाहकार डिल्लीराज पाण्डे, वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे, पुस्तकालयका सचिव नारायण पाण्डेलगायतले शुभकामना सन्देश दिँदै पुस्तकालयको श्रीवृद्धिका निम्ति अभिभावकत्व ग्रहण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले